मकवानपुरमा फैलियो डेंगू, हेटौंडामा नियन्त्रण बाहिर

पालिका डायरी
१७ भाद्र २०७९, १३:४१
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

हेटौंडा / मकवानपुरमा डेंगू रोगको संक्रमण तीव्र रुपमा फैलदैं गइरहेको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरको ४ वटा स्थानीय तहमा डेंगू फैलिएको हो । हेटौंडा उपमहानगरपालिकामा सबै भन्दा धेरै ५ सय ४८ जनामा डेंगू संक्रमण भएको छ भने थाहा नगरपालिकामा १, मकवानपुरगढी गाउँपालिकामा ४ र मनहरी गाउँपालिमा ५ जनामा संक्रमण भएको पाइएको हो । बाँकी ६ स्थानीय निकायमा भने डेंगूका बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा चालु आर्थिक बर्षको साउन १ गते देखि हालसम्मको अवधिमा ५ सय ५८ जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । महिला २ सय ४२ र ३ सय १६ पुरुष गरी ५ सय भन्दा बढिमा डेंगू संक्रमण भएको घिमरेले बताए । यो संख्या एकैदिनमा बढ्न सक्ने बताउँदै घिमिरेले भने, ‘एकै छिनमा यो संख्या बढ्न सक्छ । अन्य स्थानीय तहमा भन्दा हेटौंडा उपमहानगरपालिकामा नै व्यापक डेंगू फैलिएको पाइएको छ ।

हेटौंडाको पनि ४ र ५ नम्बर वडामा धेरै बिरामीहरु भेटिएका छन् । यो आर्थिक बर्षको हालसम्म ४ मा २ सय २६ जना डेंगू संक्रमित भएको तथ्यांक छ भने ५ नम्बर वडामा ७५ जनामा संक्रमण भएको छ । अन्य वडाहरुमा पनि बिरामी भेटिएका त छन् तर अन्यको तुलनामा हेटौंडाको ४ नम्बर वडामा डेंगू नियन्त्रण बाहिर नै गएको छ ।’

प्रतिक्रिया
dengue