नेकपा एमालेले आज मकवानपुरका प्रदेशसभा तर्फको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्दै

पालिका डायरी
१७ भाद्र २०७९

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी एमालेले आज मकवानपुर जिल्लाको प्रदेशसभा तर्फको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्दै छ । आज दिउसो मकवानपुरको प्रदेश कमिटी बैठक बसेर उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने कार्यतालिका अनुसार आज बैठक बसेर पहिलो चरणबाट सिफारिस गर्न लागिएको हो । आजको बैठकबाट सकेसम्म सर्बसम्वत रुपमा उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो ।

मकवानपुर क्षेत्र नम्बर–१ को ‘क’, ‘ख’ र क्षेत्र नम्बर–२ को ‘क’ को उम्मेदवार सिफारिस गर्नका लागि हेटौंडामा बैठक बस्दै छ । क्षेत्र नम्बर–२ को ‘ख’ को बैठक भने मनहरीको रजैयामा बस्ने भएको एमालेले जनाएको छ ।

प्रदेशसभा तर्फका चार वटै कमिटीको आजको बैठकबाट उम्मेदवार बन्ने सकेसम्म एक जना नत्र महिला समेतलाई सहभागि गराएर उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको हो । क्षेत्रबाट सिफारिस भएकालाई जिल्लाले फेरी बैठक बसेर उम्मेदवार थपघट गरेर पनि सिफारिस गर्न सक्ने प्रावधान समेत रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । केन्द्रले तोकिएको मापदण्डमा परेकाहरुलाई मात्र उम्मेदवार सिफारिस गर्ने तयारी थालिएको छ ।

प्रतिक्रिया