आज २६९ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पालिका डायरी
१६ भाद्र २०७९, १८:३१
विश्वका ११० देशमा कोरोना सङ्क्रमण दर फेरि बढ्दै

पछिल्लो २४ घण्टामा मुलुकभर २६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार एक हजार ७३२ पीसीआर परीक्षणमा १८० जना र एक हजार ८२५ एन्टिजेन परीक्षणमा ८९ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २१५ जना संक्रमित बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २ जना पुगेको छ ।

आज थपिएकासहित देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १५८ रहेको छ ।

प्रतिक्रिया