एमाले मकवानपुरकाे सचिवालय बैठक सम्पन्न उम्मेद्वारकाे सिफारिसकाे लागि ताेक्याे मिति, मापदण्ड र प्रक्रिया

पालिका डायरी
१५ भाद्र २०७९

हेटौंडा / नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी सचिवालयकाे बैठकले अागामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनकाे लागि भाद्र १८ गते र १७ गते सम्बन्धित कमिटीकाे बैठक बसी सिफारिस गर्ने निर्णय गरेकाे छ ।

जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा र केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाकाे प्रमुख अाथित्यतामा बसेकाे बैठकले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे उम्मेद्वारकाे अन्तिम सिफारिसकाे लागि १९ गते जिल्ला सचिवालय बैठक र २० गते जिल्ला कमिटीकाे पूर्ण बैठक बस्ने भएकाे जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनु भयाे । प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समितिमा सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी, पार्टी वडा कमिटीका अध्यक्ष, अामन्त्रित सदस्य निर्वाचित पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष रहने विधानकाे व्यवस्था रहेकाे सचिव सिग्देलले बताउनु भयाे ।

उम्मेद्वार सिफारिस गर्दा पार्टीकाे नीति र कार्यक्रमप्रतिकाे प्रतिबद्वता, लाेकप्रियता र विजयकाे सुनिश्चिता, पार्टीप्रतिकाे निष्ठा र अान्दाेलनमा याेगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानुन बमाेजिमकाे याेग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन रहेकाे बताईएकाे छ । बैठकले १ महिलासहित ३ जनाकाे सिफारिस गर्नसक्ने प्रावधान रहेकाे छ भने बैठकमा कमिटीका सदस्यहरूकाे महत्वपूर्ण सुझाव व्यक्त समेत गरेका थिए । बैठकले प्रतिनिधिसभा १ नं. मा अनन्त पाैडेल, प्रदेशसभा कमा रामचन्द्र राई, खमा गाेपाल श्रेष्ठ, २ नं. डाेरमणि पाैडेल, प्रदेशसभा कमा नवराज तिमल्सिना, खमा एकराज उप्रेतीलाई सहजकर्ता ताेकिएकाे जनाईएकाे छ ।

बैठकमा केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्ताैलालगायतका प्रदेश सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया
received_623883202581289