बसपार्कको तरकारी बजार चौकीटोलमा सार्ने निर्णय

पालिका डायरी
१५ भाद्र २०७९
बसपार्कको तरकारी बजार चौकीटोलमा सार्ने निर्णय

हेटौंडा / मकवानपुरको हेटौंडा-१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा-१ मा चौकीटोलमा सार्ने तयारी भएको छ ।

उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले बसपार्कको तरकारी बजारलाई सार्ने निर्णय गरेको हो ।

बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनलको निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा १ को राप्ती करिडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिइन् ।

तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने प्रमुख लामाको भनाईं छ ।

प्रतिक्रिया