दुग्ध सहकारी संघले स्थापना गरेको डेरी उद्योगको सार्वजनिक परिक्षण सम्पन्न

पालिका डायरी
१४ भाद्र २०७९

राजकुमार के.सी.

हेटौंडा  / मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले निर्माण गरेको दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) को सार्वजनिक परीक्षण मंगलबार परियोजना स्थल भीमफेदी गाउँपालिका वडा नं. १ बुङदलमा सम्पन्न भएको छ ।

निकट भविश्यमा सञ्चालनको तयारीमा रहेको उद्योगमा बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम(सिएमडिपी) र जिल्ला दुग्ध सहकारी संघ लि.को संयुक्त लगानी रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष बासुदेब अधिकारीले बताउनुभयो ।

उद्योग स्थापनाको लागि हालसम्म ४ करोड ६९ लाख २८ हजार ८७८ रुपैयाँ बराबरको आम्दानी तथा खर्च भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।
संघका ब्यवस्थापक दाहालका अनुसार उद्योगमा १ करोड ४३ लाख को इबिडिङबाट मेसिनरी उपकरण खरिद भएको जस अन्तरगत बागमती प्रदेश सरकारबाट अनुदान बापत ५६ लाख ३४ हजार २०० रुपैंया प्राप्त भएको र ८६ लाख ६५ हजार ८०० रुपैंया संघको लगानी रहेको छ ।
त्यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ २ करोड ४५ लाख ३७ हजार ७२३ रुपैंया खर्च भएकोमा लागत साझेदारी कार्यक्रम अन्तरगत सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)बाट १ करोड ७४ लाख २० हजार ४२९ रुपैंया १४ पैसा र सहकारी संघको तर्फबाट ७१ लाख १७ हजार २९३ रुपैंया ८६ पैसा खर्च भएको छ ।

उद्योग निर्माणका लागि जिल्ला दुग्ध सहकारी संघले ८० लाख ९१ हजार १५५ रुपैंयामा जग्गा खरिद गरेको थियो ।
सार्वजनिक परीक्षण कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले उद्योग सञ्चालनको निमित्त चुनौती भएको भन्दै छिट्टै प्रभावकारी रुपले उद्योग सञ्चालन गर्न संघलाई निर्देशन दिनुभयो ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा निर्माण उप–समिति संयोजक बासुदेब अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक परीक्षण कार्यक्रममा मकवानपुरगढी गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेश दाहाल, संघका सल्लाहकार खिल प्रसाद चौलागाई, सञ्चालकहरु ईन्द्र बहादुर बस्नेत, हरि प्रसाद कडेल, साबित्री देबी तिमल्सिना, होमनाथ पुडासैनी, कृष्ण प्रसाद घिमिरे, सुदिप अर्याल,संघका लेखा समिति संयोजक ईन्द्र प्रसाद खतिवडा, सदस्य रमेश बर्तौला, पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुब अधिकारी लगायत स्थानीय ब्यक्तिहरु, पत्रकार तथा संघका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
received_614325373496912