एमाले मकवानपुरको बिपद ब्यबस्थापन तथा स्वंमसेवक बिभागको बैठक हेटौंडामा सम्पन्न

पालिका डायरी
१३ भाद्र २०७९, २१:०३

हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अन्तर्गत जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवक बिभागको बैठक हेटौंडामा सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं बिभागको प्रमुख शिबहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको बैठकमा जिल्ला सचिब नबिन सिग्देल एवं उपसचिव सीता बिष्टको उपस्थिति रहेको थियो ।

बैठकले मकवानपुर जिल्लाको बिपद ब्यबस्थापनका सम्बन्धमा सरोकारवाला संघ, संस्था एवं निकायहरुसङ्ग समन्वय गरि आबस्यक कार्ययोजना बनाउने, बिपद ब्यबस्थापनका लागि पार्टीको तर्फबाट प्रतिकार्य स्वंमसेवक समुह गठन गर्ने, प्रकोप जोखिम न्यूनीकरणका लागि युवा परिचालन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवक बिभागीय प्रमुख दाहालले जानकारी दिए ।

बैठकमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अनेमसंघ, रिटर्नी फेडेरेसन, नेपाल खेलकुद महासंघ तथा जिफन्टका अध्यक्ष एवं प्रतिनिधिहरु लगायत बिभागिय सदस्यहरुको उपस्थिति रहेको जिल्ला बिभागका सचिब सुभाष गौतमले बताए ।

प्रतिक्रिया