बालेनको समर्थनमा झाँक्री, ‘मलाई जस्तो दलीय दबाब उहाँलाई हुँदैन’

पालिका डायरी
१० भाद्र २०७९, १३:४६
महिला हिंसा अन्त्यका लागि कानूनको सुधार आवश्यक : मन्त्री झाँक्री file photo

पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरका प्रमुख बालेन साहको समर्थनमा बोलेकी छिन्। उनले आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने भन्दै आफू सधैँ उनको पक्षमा रहेको बताएकी हुन्।

बालेनले केही दिनयता उपत्यकामा बनेका अवैध संरचनामाथि आक्रामक भएर डोजर चलाएका छन्।

यसैक्रममा झाँक्रीले निर्वाचन आएको छ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गरेर अतिक्रमणको काम स्थगित गर्नुपरेको पनि बताएकी छन्। सामाजिक संजालमा लेख्दै उनले भनिन्, ‘इमान्दार प्रयासहरू सफल हुन्छन।’ उनले आफूले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको पनि बताएकी छिन्।

यसैक्रममा झाँक्रीले अबको पालो उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने रहेको पनि बताइन्।

प्रतिक्रिया