सालकको खपटासहित ३ जना पक्राउ

धुलिखेल नगरपालिका- ४, २८ किलो चोकबाट प्रहरीले सालकको ९ किलो खपटासहित ३ जनालाई पक्राउ गरेको छ।
बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले सूचनाको आधारमा धुलिखेल २८ किलोबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सीआइबीले काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ७ घर भएका २५ वर्षीय विमान स्याङतान, रोशी गाउँपालिका वडा नम्बर ७ घर भएका २६ वर्षीय सुरज मगर र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ७ घर भएका ४९ वर्षीय गोविन्द सेन्चुरीलाई पक्राउ गरेको हो।
प्रतिक्रिया