एमाले पोलिटब्युरो बैठक आज बस्दै

पालिका डायरी
९ भाद्र २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।

केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ ।

१२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।

प्रतिक्रिया