लागुऔषध सहित दुईजना पक्राउ

पालिका डायरी
४ भाद्र २०७९
ठुलो परिमाणमा लागुऔषध सहित दुईजना पक्राउ

हेटौंडा /  मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध नाईट्रोभेट ६०० ट्याव्लेट, डाईजेपाम ९३० एम्पुल र मोटरसाईकल सहित दुईजनालाई पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ८४२५ नं. को यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो ।

प्रहरीले लागुऔषध सहित बसमा सवार मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ घर भई हाल पर्सा बिरगंज बस्ने २२ बर्षीय रंजित शर्मालाई पक्राउ गरेको थियो । बसमा २० किलाको चामलको बरोमा लुकाई ल्याएको लागु औषध डाईजेपाम ३१० एम्पुल, फेनरागन ३१० एम्पुल, नुफिन ३१० एम्पुल सहित जम्मा ९३० एम्पुल र नाईट्राभेट ६०० ट्याबलेट बरामद गरेको थियो ।

पक्राउ परेका रंजित शर्माले दिएको सुचनाका आधारमा प्रहरीले पर्सा बिरगंज बस्ने जटाशंकर सोनारलाई पनि पक्राउ गरेको छ । प्रहरीले ना २६ प ७९८० नम्बरको मोटरसाईकल सहित लोथर स्थित सडक किनारमा बसिरेको अबस्थामा पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया