प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटीमा

पालिका डायरी
४ भाद्र २०७९, १३:३८
तमु ल्होसार जस्ता पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरीको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् ।

यसअघि आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रतिनिधिसभा सदस्य गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरीलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ ।

प्रतिक्रिया