श्रीमती बलात्कार अभियोगमा मकवानपुरका एक युवक पक्राउ

पालिका डायरी
४ भाद्र २०७९, ११:२५
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

हेटौंडा / आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। मकवानपुरको थाहा नगरपालिका घर घर भएका पुरुषलाई आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भएर बानेश्वर बस्ने २५ वर्षीय युवक छन् । आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेको हो ।

२५ वर्षीय युवक विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया