पोखरामा मिर्गौला प्रत्यारोपण गरिएका २ जना डिस्चार्ज

पालिका डायरी
३ भाद्र २०७९
पोखरामा मिर्गौला प्रत्यारोपण गरिएका २ जना डिस्चार्ज

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइएका दुई जना डिस्चार्ज भएका छन् । मिर्गौला प्रत्यारोपण गराएको पाँचौँ दिनमा उनीहरु डिस्चार्ज भएका हुन् । प्रत्यारोपण गरेको मिर्गौलाले राम्ररी काम गर्न थालेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आएको चिकित्सकको टोलीले गत शनिबार रुपाकोट गाउँपालिका कास्कीका ५३ वर्षीय पुरुष र चापाकोट नगरपालिका स्याङ्जाका ४२ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले उनीहरुको मिर्गौला प्रत्यारोपण गरिएको ५ दिनपछि डिस्चार्ज गरिएको जानकारी दिए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठ नेतृत्वको प्राविधिक टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।

प्रतिक्रिया