मकवानपुरमा कति थपिए मतदाता ?

हेटौंडा / मकवानपुरमा ८ हजार ६४३ जना मतदाता थपिएका छन् । बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालय अनुसार असार १ गते देखि साउन १९ गते सम्म जिल्लामा ८ हजार ६४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
जिल्लामा ४ हजार ५१७ जना पुरुष र ४ हजार १२६ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएकोमा बाहिरी जिल्लाका २ सय ७२ रहेको कार्यालयले जनाएको छ ।
कार्यालय अनुसार बाहिरी जिल्लाका दर्ता भएका २ सय ७२ जनाको नामावली सम्बन्धित जिल्लामा पठाइने बताइएको छ । यसअघि,वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मकवानपुरमा १८ वर्ष उमेर नाघेका २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका थिए ।
प्रतिक्रिया