वर्षौदेखि शासन गर्ने नेताहरूले देश लुटेः रवि लामिछाने

पालिका डायरी
२७ श्रावण २०७९
सरकार छाड्दै मिडियाप्रति खनिए रवि लामिछाने file photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घण्टी चिह्नको विकल्प मात्रै रहेको बताएका छन् । शुक्रवार हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले वर्षौदेखि शासन गर्ने नेताहरूले देश लुटेको आरोप लगाए ।

केही समयअघि एमाले अध्यक्ष केपी ओलीले गरेको आलोचनाको जवाफ दिँदै अध्यक्ष लामिछानेले आफूलाई कुनै वादको मतलव नभएको बताए । ‘हामीलाई भन्छन् तिमीहरू राजनीति जान्दैनौँ ? आदर्श छैन, दर्शन छैन, भिजन छैन’, उनले भने, ‘आफ्नो देशमा कलकारखाना खोल्न मुटु चाहिन्छ ।’

उनले आफ्नो देशको नागरिकको बलिन्द्र धारा आँशु चुहाएर, विमानस्थलमा बा आमालाई रुवाएर युवाहरूलाई विदेश लखेट्नको दर्शन काम नलाग्ने जिकिर गरे । ‘मलाई माओवाद मार्क्सवाद र लेनिनवादसँग मतलव छैन,’ उनले भने, ‘पर्यटनको सम्भावना भएको देशमा म टुरिजमको सम्भावना देख्छु, कुनै लिजमको सम्भावना देख्दिन ।’

उनले आफ्नो पार्टीले देशमै कलकारखाना खोली रोजगारीको अवसर सिर्जना गर्ने बताए । उनले उत्पादन बढाउँदै लैजाने र बढ्दो विदेशी आयातलाई घटाउँदै देशलाई समृद्ध बनाउने बताए । मकवानपुरमा रहेको हेटौंडा कपडा उद्योग बन्द गराउनदेखि हेटौंडा सिमेन्ट उद्योगलाई कमजोर सावित गर्नसमेत अहिलेकोे राजनितिक दलका नेताहरूले चलखेल गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

लामिछाने निर्वाचन प्रचारप्रसारको लागि विभिन्न जिल्लामा पुगिरहेका छन् ।

प्रतिक्रिया
rabi_lamichhane_ajp8Ch41Hj