लागु औषध खैरो हिरोईन सहित पान्डे नियन्त्रणमा ।

पालिका डायरी
२४ श्रावण २०७९

हेटौंडा  /  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरोहिरोईन सहित १ एक जनालाई पक्राउ गरेको छ ।

हेटौंडाको राप्ती चोक स्थित सडकमा बागमती प्रदेश ०३-००५ प २८३३ नं. को मोटर साईकल रोकी सोही मोटरसाईकलमा शंकास्पद अवस्थामा बसिरहेको र चेकजाँच गर्ने क्रममा उनले लगायको पाइन्टको खल्तीमा लुकाई छिपाई राखेको अबस्थमा खैरो हिरोइन ३८० मिलि ग्राम सहित पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. ०१ बस्ने  २५  वर्षको  सन्तोष पाण्डे रहेका छन ।  मोटरसाईकल सहित निज सन्तोष पाण्डेलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकरी दिएको छ ।

प्रतिक्रिया