हेटौंडामा ४ सवारी एक आपसमा ठोक्किए,एक दर्जन बढी घाईते

पालिका डायरी
२३ श्रावण २०७९, १३:२०
हेटौंडामा स्कुल बस सहित ४ सवारी एक आपसमा ठोक्किए,एक दर्जन बढी घाईते

हेटौंडा / पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बस सहित ४ सवारी एक आपसमा ठाक्किदा एक दर्जन बढी घाईते भएका छन् ।

केहि बेर अघि हेटौंडा-१५ को रातोमाटे नजिक ठूलो ट्रक,ट्याङकर,स्कुल बस र कार सवारी एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनले भनेः ४ वटा सवारी ठोक्किएका छन् । १५ जना सामान्य घाईते भएका छन् । मानविय क्षती भएको छैन् । सबैलाई हेटौंडा अस्पताल लेराईएको छ ।

प्रतिक्रिया