क्वीक २० होटलमा करेन्ट लागेर लामिछानेको मृत्यु

पालिका डायरी
२२ श्रावण २०७९
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा / हेटौंडा-४ स्थित क्वीक २० होटलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुर-सिमरा उपमहानगरपालिका घर भई हाल होटलमा काम गर्दै आएका २० वर्षीय प्रदिप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

शनिबार साँझ पार्टी प्यालेसको छतमा सुकाएको कपडा उठाउने क्रममा लामिछाने करेन्ट लागेर गम्भीर घाईते भएका थिए । उनको उपचारको क्रममा गएराति हेटौंडा स्थित संचो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
mirtu