गठबन्धन सरकारले मुलुकलाई बर्बादीतर्फ धकेल्याे: पाैडेल

पालिका डायरी
२१ श्रावण २०७९

हेटौंडा /  नेकपा एमालेका केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेलले गठबन्धन सरकारले मुलुकलाई बर्बादीतर्फ तर्फ धकेलेकाे र अग्रगमनकाे लागि एमालेकाे विकल्प नरहेकाे बताउनु भएकाे छ ।

नेकपा एमाले गढी गाउँपालिका कमिटीले अायाेजना गरेकाे संगठन सुदृढीकरण तथा शुद्विकरण अभियानकाे क्रममा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले गठबन्धन सरकारकाे कारण सबैभन्दा बढि संविधान, राष्ट्रियता र जनजिविका कमजाेर भएकाे बताउँदै सुशासन कमजाेर र भ्रष्ट बनाउने, समृद्विका अाधारहरू भत्काउने, बैदेशिक मुद्राकाे सञ्चिति घट्नु, व्यापार घाटा बढ्नु, साधारण खर्च बढ्नु, राजनीतिक अस्थिरता उत्पन्न गरेर मुलुकलाई बर्बादी तर्फ धकेलेकाे बताउनु भयाे ।

मुलुकलाई अग्रगमनतर्फ लैजान, सुखी नेपाली र समृद्व नेपालकाे राष्ट्रिय अाकांक्षा पूरा गर्न र समाजवादकाे यात्रामा अगाडि बढ्न एमाले विजयी गराउनु विकल्प नरहेकाे बताउनु भयाे । निष्ठावान कार्यकर्ता, शुद्व र पारदर्शी नेतृत्व निर्माणकाे बलमा नेकपा एमाले बलियाे हुने र प्रतिस्पर्धामा जित्न सक्ने बनाउनकाे लागि पार्टी अभियानकाे अावश्यक रहेकाे नेता पाैडेलले बताउँदै पार्टीकाे अान्तरिक कमिलाई सच्याउदै सुदृढ र एकजुट हुनुपर्ने उहाँकाे भनाई रहेकाे छ । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिनाले स्थानीय निर्वाचन सन्देश, शिक्षा र अागामी संसदीय निर्वाचनकाे तयारी, जिल्ला सचिव नवीन सिग्देलले जनताकाे बहुदलीय जनवादकाे मान्यताकाे अनुरूप पार्टी निर्माण र परिचालन, उपसचिव सीता विष्टले जनसंगठन र पार्टीबीचकाे अन्तरसम्बन्धकाे प्रशिक्षण दिनु भएकाे थियाे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा गढी गाउँपालिकाका ईन्चार्ज विदुर हुँमागाईँ, जिल्ला सदस्यहरू हरि कंडेल, मिलन पाठक, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष बलराम हुँमागाईँ, परिषद्का सदस्यहरू कृष्ण थिङ्ग, अनेकिसंघ जिल्ला अध्यक्ष बिष्णु दंगाल, अनेरास्ववियु जिल्ला अध्यक्ष भुवन मैनालीकाे अाथित्यतामा रहेकाे थियाे ।

पालिका कमिटीका सदस्यहरू, पार्टी वडा कमिटीका पदाधिकारी, जनसंगठनका गाउँपालिकाका पदाधिकारीहरू र जनप्रतिनिधिहरू सहभागी प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जीतबहादुर घिमिरेकाे अध्यक्षतामा भएकाे हाे । पालिकाका ८ वटै वडामा प्रशिक्षण भाद्रकाे पहिलाे हप्तासम्म सम्पन्न हुने गरि निर्णय गरिएकाे पार्टी पालिका सचिव नानिराम तिमल्सिनाले बताउनु भयाे ।

प्रतिक्रिया