बिरोधिहरुले आक्रमण गरिरहेको बेला हामीबीच एकताको विकल्प छैन : केन्द्रिय सदस्य राना

पालिका डायरी
२१ श्रावण २०७९
बिरोधिहरुले आक्रमण गरिरहेको बेला हामिबिच एकताको बिकल्प छैन केन्द्रिय सदस्य राना

राम कुमार दानी

नेपाल कम्युनिस्ट पार्र्टी एमाले भीमफेदी गाउँपालिका कमिटीको आयोजनामा आज प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दक्षिण पन्थी अवसरबाद सङ्गठनात्मक अराजकतालाई पराजित गरौं जबजको मार्गदर्शनलाई समाजवादको आधार निर्माण गरौं भन्ने मुल नाराको साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम नेपाल कम्युनिस्ट पाटी एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतमा रहेको थियो । यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश कमिटी उपसचिव महेश बर्तौला प्रदेश कमिटी सदस्यहरु बलराम बल, भगवती पुडासैनी, ठाकुराम खड्का जिल्ला कमिटी उपसचिव तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा, पार्टी जिल्ला कमिटी सदस्यहरु जाहारसिङ्ग लामा, प्रकाश पुडासैनी, चेतकुमारी पुडासैनी लागाएत नौ वटै वडाका निर्वाचित जनप्रतिनिधि लगाएत पार्टी कमिटिका कार्यसमिटी सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी उपसचिव तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले पार्टीले उपाध्यक्ष लगाएत केही वडा गुमाउँदा पनि हामी निरासामा जान पनपर्ने बताए ।

गठबन्धनले गर्दा मात्र केही वडा गुमाउन परेको बताउँदै उनले भने, यदि गठबन्धन थिएन भनी भीमफेदिको नौ वटै वडा हामी सान्दार मत सहित विजय हाँसिल गर्थेंउ तेसैले हामी हरेस नखाइ आगाडी बढ्न पर्छ । उनले गाउँपालिका भित्र पुर्वाधार निर्माण गरेर अब शिक्षा र स्वास्थमा लगानी गरेर समृद्ध भीमफेदी गाउँपालिका निर्माण गर्न लागि परेको धारणा प्रस्तुत गरे । प्रदेश कमिटी सदस्य भगवती पुडासैनीले नेकपा एमाले महिलाहरुको हक अधिकार सुनिस्चित गर्नको लागि पार्टी निर्माण भय सङ्गै महिला सङ्गठन निर्माण गरेर हामी महिलालार्इ सङ्गठनमा आबद्द गराएको पार्र्टी रहेको बताउँदै, उनले एमाले महिला नेता सहाना प्रधानले हामी महिलालाइ सङ्गठित गराउन काठमाण्डौंमा चुरा पसल राखेर पनि हामी महिलालाइ अगाडी बढाउने काम भएको स्मरण गराए उनले गठबन्धनको पार्टीहरुले महिलालार्इ पछाडि पारेको आरोप लगाए अहिले सरकारमा लगभग शून्य भएको आरोप लगाइन् अब आउने चुनावमा हामी महिलाले सोच्नु पर्ने दिन आएको बताइन ।

प्रदेश कमिटी सदस्य बलराम बलले हाम्रो कमि कमजोरी बोकेर त्यहि कमजोरलार्इ ब्लास्ट गरेर हामीलाई सकाउन यो अपबित्र पाँच दलिय गठबन्धन लागेको आरोप लगाए । उनले हिजो के भो त्यो भुलेर अब आउने चुनावमा हामी एक भएर आगाडी बढ्न कार्यकर्तालाइ आग्रह गरे । प्रदेश कमिटी उपसचिव महेश बर्तौलाले पाँच दलिय अपबित्र गठबन्धनलार्इ पराजित गराउन हामी सबै आ आफ्नो ठाउँबाट लाग्न आग्रह गरे । उनले गएको निर्वाचनमा कुनै ठाउँमा सङ्गठित सदस्य भन्दा पनि कम भोट आएकोले पार्टीले सुदृढीकरण अभियान संचालन गर्न परेको बताए । उनले आफू अनकुल उमेदवार छैन भन्दै आ आफू भित्रै अन्तरघात भएको बताए । अब आउने चुनावमा यसो नगर्न कार्यकर्तालाई आग्रह गरे बर्तौलाले बिदेशी साठ गाठको कारण फेरि हुने चुनावको लागि पनि माहा गठबन्धन हाबी भैसकेकोले त्यस्को प्ररास्त गर्न हामी लाग्नु पर्ने बताए । नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज तथा कार्यक्रमको प्रमुख अतिथी रामेश्वर रानाले बिरोधिहरुले आक्रमण गरिरहेको बेला हामी बीच एकताको बिकल्प नरहेको बताए । सङ्कल्प र सुदृढ विचार भयो भनी हामिले पार्टीको काम गर्न कुनै कठिनाइ नहुने बताए । उनले भने ः नेकपा एमाले हाम्रो घर यो हामीले जुन काम गरिरहेको छौं ।

त्यो पार्टीको मर्यादामा रहेर गरिरहेको छौ । हामिले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना नेकपा एमालेले मात्र गर्न सक्ने बताए । नेकपा एमाले शान्तिपुर्ण बाटो बाट र शान्तिपुर्ण आन्दोलन बाट काम गर्ने पाटी कुनै छ भने त्यो नेकपा एमाले हो । दोन्दमा रहेको शक्तिहरुलाइ सानिपुर्ण आन्दोलनमा ल्याउने पाटी नेकपा एमाले हो तेसैले नेकपा एमाले जताको पाटी हो । उनले भने हामिले हाम्रो पाटिको सामर्थ्य बढाउने र गठबन्धनलाई पराजय गराउन अब हामी गाउँ गाउँ बाट जागरुप हुन अग्रसर हुन आग्रह गरे । फेरि पनि अपबित्र गठबन्धन निर्माण गरेर काम गरि खाने नेपालिको लागि घातक बनेर तपाईं हाम्रो टोल समुदाएमा गठबन्धनको नाममा केही धमिराहरु आइरहेकोले यसको बिरुद्द्मा लाग्न कार्यकर्तालाइ आग्रह गरे । अहिलेको गठबन्धनले नेपाली जनताको भयको रोजगारी खोसेर राजा महाराजाको शैलिमा प्रस्तुत भएको आरोप लगाए । भएको उद्योग बन्द गर्ने नयाँ उद्योग संचालन नगर्ने बिदेशी सामु लम्पसार परिरहेको यो बर्तमान सरकारको हामी नेपाली जनताले केही अपेक्षा गर्नुनपर्ने बताए ।

प्रतिक्रिया