सप्तकोशीमा कटान : हेलिकप्टर स्ट्याण्डबाई राख्न गृहमन्त्रीको निर्देशन

पालिका डायरी
१८ श्रावण २०७९, ११:११
एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह

सप्तकोशीको कटान प्रभावितलाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर–१, २, ८ र ९ मा सप्तकोशीले कटान शुरु गरेको छ । कोशीको भंगालो बस्तीमा पसेपछि सो क्षेत्रका बासिन्दालाई सरकारले हटाउन थालेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले सेनालाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । सैनिक रथी बालकृष्ण कार्कीलाई टेलिफोन गरेर खाणले कोशीको कटान तत्काल रोकिने अवस्था नदेखिएको भन्दै कटान प्रभावितलाई राहत र स्थान्तरणका लागी तयार रहन निर्देश गरेका हुन् । सप्तकोशी कटानका कारण २ हजार चार सय घर परिवार प्रभावित भएका छन् । उनीहरुलाई त्यहाँबाट स्थानान्तरणको प्रयास भइरहेको छ ।

प्रतिक्रिया