कर्मचारी हटाई पुनःकरारका कर्मचारी राख्न लागेका स्थानीय तहलाई कार्वाही गर्न आदेश

पालिका डायरी
१८ श्रावण २०७९
बागमतीका १९ स्थानीय तहले मन्त्रालयमा अझै पेश गरेनन् बजेट

हेटौंडा / देशभरका स्थानीय तहले कार्यरत करार सेवाका कर्मचारीहरुलाई एकमुष्ट हटाई आफ्नै तरिकाले पुनः करार सेवामा नै कर्मचारी राख्न लागेको विशेषमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन बमोजिम कार्वाही गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

स्थानीय तहले विभिन्न पदमा करार सेवामा कार्य गरिरहेका कर्मचारीहरुलाई एकमुष्ट हटाई पुनः करार सेवामा कर्मचारी राख्नु बदनियत हुनुका साथै योग्यता एवम् प्रणालीको समेत उपहास हुने उजुरीपत्र अख्तियारले मन्त्रालयलाई पठाएको थियो ।

खाली रहेको पदहरुमा पदपूर्तिका लागि लोकसेवा आयोगसँग माग नगरी पुनः करार सेवामा ठूलो संख्यामा कर्मचारी माग्नु बदनियत हुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्रका आधारमा कानुन बमोजिम कार्वाही हुने जनाएको हो ।

प्रतिक्रिया