वन ऐन नीति नियम समुदाय मैत्री बनाउन हेटौंडामा छलफल

पालिका डायरी
१७ श्रावण २०७९
वन ऐन नीति नियम समुदाय मैत्री बनाउन हेटौंडामा छलफल बागमती प्रदेशको राजधानी हेटौंडामा स्थानीय वन नीति नियम समुदाय मैत्री बनाउने सम्बन्धि छलफल भएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा स्थानीय वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी बनाउनको लागि समन्वयात्मक बैठक बसेको हो । बैठकमा सहभागी स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीहरुले वनका ऐन नियम परिवर्तन गरी काठ तथा वन्य सामाग्रीको उपयोगमा नागरिकहरुलाई सहजता प्रदान गर्नुपर्ने बताए । नीति नियमको कार्यान्वयनमा स्थानीय तहले अधिकार प्राप्त गरे कि गरेनन् भन्ने बिषयमा समेत छलफल भएको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपाध्यक्ष राजेश बानियाँ, हेटौंडाका विभिन्न वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीहरु, गैसस महासंघकी अध्यक्ष आरती पाठक, हेटौंडा उपमहानगरपालिकाको वातावण शाखाकी चन्दा खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

 

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा स्थानीय वन नीति नियम समुदाय मैत्री बनाउने सम्बन्धि छलफल भएको छ ।

मंगलबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा स्थानीय वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी बनाउनको लागि समन्वयात्मक बैठक बसेको हो । बैठकमा सहभागी स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीहरुले वनका ऐन नियम परिवर्तन गरी काठ तथा वन्य सामाग्रीको उपयोगमा नागरिकहरुलाई सहजता प्रदान गर्नुपर्ने बताए ।

नीति नियमको कार्यान्वयनमा स्थानीय तहले अधिकार प्राप्त गरे कि गरेनन् भन्ने बिषयमा समेत छलफल भएको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपाध्यक्ष राजेश बानियाँ, हेटौंडाका विभिन्न वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीहरु, गैसस महासंघकी अध्यक्ष आरती पाठक, हेटौंडा उपमहानगरपालिकाको वातावण शाखाकी चन्दा खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया