बर्षाको कारण चिसापानी हटिया क्षेत्रमा आवतजावतमा समस्या

पालिका डायरी
१७ श्रावण २०७९

राम कुमार दानी

हेटौंडा / हिजोदेखिको परेको अविरल बर्षाका कारण धरान चौतारा सडक खण्ड अन्तर्गत हेटौंडा–हटियाको सडकखण्डमा पर्ने चिसापानी स्थित खहरेमा बाढी आउँदा यातायात सेवा आवत जावत गर्न अति कठिन बन्न पुगेको छ ।

अविरल वर्षा सङ्गै आएको बाढीका कारण आवतजावत गर्ने यात्रुहरु समस्यामा परेका छन् । सो स्थानमा ठूला सवारी साधनहरु जेनतेन मुस्किलले खहरे खोला तरिरहेका छ्न भने साना सवारी साधनहरु खोला तर्न सकिरहेको छैन ।
लगातार परिरहेको पानीले अहिले हेटौंडाको जनजीवन प्रभावित बनिरहेको छ । साघुरो सडक अस्तवेस्त पार्किङ्ग र राम्रो ढल निकाश नहुद भेलहरु सबै सडकमा बगिरहेको  छ ।

चुनाव सकियो नेताहरु गाडिमा हिडिहाल्छ्न जनताको सम्स्या जस्ताको जस्तै छ सडक अहिले खोलामा परिनत भएको छ ।यो कस्ले देख्छ भन्दै राप्तीरोडोको एक पसल ब्यावसायिले दुखेसो पोखे उनले हेटौंडा उपमहानगरपालिकाको मेयरले हेटौंडालाई सफ सहर बनाउछु भन्नू बेकारको गफ हो यस्तो फोकटे गफ गर्दै नहिड्न अनुरोध पनि गरे ।

प्रतिक्रिया