निरन्तरको वर्षाले पोखरा महानगरपालिकामा सय घर डुबानमा

पालिका डायरी
१६ श्रावण २०७९, ११:२९
निरन्तरको वर्षाले पोखरा महानगरपालिकामा सय घर डुबानमा

पोखरा महानगरपालिकाको वडा नम्बर १३ को कमलपोखरी क्षेत्र डुबानमा परेको छ।

पोखरा महानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझबाट निरन्तर परिरहेको वर्षाका कारण कमलपोखरी क्षेत्र डुबानमा परेको हो। ‘हिजो राति १० बजेदेखि झरी परिरहेको छ,’ उनले भने, ‘निरन्तर वर्षा भइरहेकाले डुबानमा परेको हो।’

बरालकाअनुसार डुबानमा करिब सय घर परेका छन्। रातभर झरि परेकाले सो क्षेत्रमा पानीको मात्रा बढेर डुबान भएको उनले बताए। उनले भने, ‘करिब सय घर डुबानमा परेका छन्। मानविय क्षति भएको छैन्।’

हाल पानी रोकिएकाले डोजर ल्याएर पानी निकास गर्न लागिएको उनले बताए। उनले भने, ‘वडा नम्बर ११ को काउ भन्ने ठाउँको पानी नियन्त्रण नहुँदा यता आएर डुबान भएको हो। अहिले हामी डोजरले पानी निकास निकाल्दै छौं।’

प्रतिक्रिया