एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

पालिका डायरी
१६ श्रावण २०७९
एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

नेकपा एमालेले आज सोमबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा वसन्तपुरमा हुने जनप्रदर्शन र सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जनप्रदर्शन भव्य बनाइने बताए । जनप्रदर्शनका लागि श्रेष्ठकै संयोजकत्वमा तयारी समिति नै बनेको छ ।

प्रतिक्रिया