सुशु अभियान भीमफेदिमा पनि संचालन हुने

पालिका डायरी
१४ श्रावण २०७९

हेटौंडा /नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेलिनवादीले भीमफेदी गाउँ पालिकामा पनि सुशु अभियान संचालन गर्ने भएकोछ ।

आज १४ गते शनिवार बसेको पार्टी बैठकबाट अभियाना संचाल गर्ने र पार्टी पंति र नेता कार्यकर्तामा प्रशिक्षण संचालन गर्ने, दक्षिणपन्थी अवसरवादलाइ परास्त पार्दै आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेलाइ स्थापित पार्ने अभियानको उद्देश्य रहेको छ । पार्टिको बैठकबाट कमिटीमा रहेका नेता कार्यकर्तालाई जिम्मेवारी हस्तान्तरण गरेको छ । गएको स्थानीय निर्वाचनमा बिपक्षी पार्टिबाट उम्मेदवार बनेका तथा अन्यत्र सहयोग गरेका पार्टी कार्यकर्ताको पार्टी सदस्यता खारेज, पालिका स्तरीय प्रशिक्षण, अग्रजबाट सिक्ने र अग्रज सम्मान गर्ने, पार्टी सदस्यता नविकरण लगायतको महत्वपुर्ण बिषयमा छलफल भएको एमाले नेता आशिष अस्लामीले बताए ।

पार्टिको आयोजनामा श्रावण २१ गते पालिका स्तरीय मार्गदर्शक सिद्धान्त र बिचार बारे प्रशिक्षण आयोजना गरिने नेता अस्लामीले बताए । उनका अनुसार प्रशिक्षणमा पार्टी पालिका कमिटिका सबै, जनबर्गिय संगठनका पालिका कमिटिमा रहेका सबै पदाधिकारी तथा पार्टी वडा कमिटिका सबै सहभागी रहने बताए । बैठकमा पार्टी प्रदेश कमिटी सदस्य बलराम बल प्रमुख अतिथीको रुपमा रहनुभएको र प्रदेस कमिटी सदस्य भगवती पुडासैनी, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, उप सचीव हिदम लामा लगायत पार्टी जिल्लाका नेताहरुको आतिथ्यता रहेको थियो । बैठक पालिका कमिटी अध्यक्ष सानू थापाको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया