इराकको संसद् कब्जा गरेका प्रदर्शनकारी टेबुल ठटाउँदै, गीत गाउँदै

पालिका डायरी
१२ श्रावण २०७९
इराकको संसद् कब्जा गरेका प्रदर्शनकारी टेबुल ठटाउँदै, गीत गाउँदै

बगदादको उच्च सुरक्षा घेरालाई तोड्दै प्रदर्शनकारीहरू इराकको संसद् भवनमा प्रवेश गरेका छन् । धर्मगुरु मुक्तादा अल-सद्रका समर्थकहरूले प्रधानमन्त्रीका लागि विपक्षी उम्मेदवारको मनोनयनको विरोध गर्दै बुधबार संसद् भवन पुगेका बीबीसीले जनाएको छ । त्यसबेला कुनै पनि सांसद उपस्थित भने थिएनन् ।

सद्रको राजनीतिक गठबन्धनले गत अक्टोबरको आम चुनावमा सबैभन्दा बढी सिट जितेको थियो, तर मतदानपछि राजनीतिक गतिरोधका कारण सत्तामा छैन । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको बताइएको छ ।

एक सुरक्षा स्रोतका अनुसार सुरक्षा बलले सुरुमा प्रदर्शनकारीलाई रोक्न खोजेपनि उनीहरूले संसदमा आक्रमण गरेका थिए ।

संसद भवनमा प्रदर्शनकारीले गीत गाउँदै, नृत्य गर्दै तथा टेबल ठटाउँदै रमाइलो गरिरहँदा प्रधानमन्त्री मुस्तफा अल-खादिमीले उनीहरूलाई संसद् भवन छाड्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया