पुरानालाई हटाएर धमाधम नयाँ कर्मचारी भर्ती गर्दै मकवानपुरगढी गाउँपालिका

पालिका डायरी
११ श्रावण २०७९, २१:१३
मकवानपुरमा तेस्रो बालमैत्री गाउँपालिका घोषणा हुँदै

हेटौंडा / स्थानीय तहको सरकार परिवर्तन भएको दुई महिना बित्दा–नबित्दै देशभरका अधिकांश स्थानीय निकायले पुराना करार सेवाका कर्मचारी हटाउने कामलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

धमाधम विज्ञप्ति जारी गर्दै करार सेवाका कर्मचारीलाई पदबाट गलहत्याइँदै छ । अहिले स्थानीय तहका जनप्रतिनिधिले विज्ञप्तिमार्फत काममा नआउन उर्दी जारी गरिरहेका छन् । यसको प्रभाव मकवानपुरका स्थानीय तहहरुमा पनि परिरहेको छ । अहिले कुनै आधार नखुलाई र कार्यसम्पादन मूल्यांकन समेत नगरी वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा बिदा गरिँदै छ ।

अघिल्लो कार्यकालमा सत्ता चलाएको राजनितिक दल सत्ताबाट बाहिरिएपछि उनीहरूले राखेका कर्मचारीलाई विनाकारण गलहत्याउनु कानुनअनुसार र न्यायपूर्ण हुँदैन । आफूनिकट कार्यकर्ता भर्ना गर्न अघिल्लो कार्यकालदेखि काम गर्दै गरेका कर्मचारी हटाउने गरेको आरोप नयाँ जनप्रतिनिधिलाई लाग्ने गरेको छ ।

हालसम्म मकवानपुरको तीनवटा गाउँपालिकाले करार सेवामा रहेका कर्मचारीलाई हटाएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कर्मचारीको संख्या धेरै रहेको भन्दै गत असार ३२ गते एक सूचना जारी गर्दै विभिन्न करार पदमा कार्यरत कर्मचारीको म्याद थप नगरे जनाएके थियो । गाउँपालिकाले सो सूचना जारी भएको १५ दिन पनि पुग्न नपाउँदै पुनः कर्मचारीको माग गरेको छ ।

प्रतिक्रिया