अन्तराष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरिने

पालिका डायरी
९ श्रावण २०७९, १७:१७

हेटौंडा / प्रदेश युवा परिषद् बागमती प्रदेशले अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । सोमबार हेटौंडामा बसेको बैठकले दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा ‘‘अन्तरपुस्ता एक्यवद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’’ भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम गरेर मनाइने भएको छ ।

अन्तराष्ट्रिय युवा दिवस मुल समारोह तयारी बैठकले विभीन्न निर्णयहरु गरेको छ । विगतका वर्षहरुमा जस्तै यही साउन २७ गतेका दिन युवाका क्षेत्रमा कार्यरत व्यक्ती, संस्था र सम्पूर्ण सरोकारवालाहरुको सहभागितामा अन्तर्राष्ट्रिय युवा दिवस २०२२ मनाउने तयारीका लागि बैठक गरिएको हो ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री एवम् प्रदेश युवा परिषद्का अध्यक्ष रत्न प्रसाद ढ़कालको अध्यक्षतामा बसेको बैठकले युवा दिवस मनाउनका लागि १०१ सदस्य मूल समारोह समिति गठन समेत गरिएको छ । बैठकले स्पताह व्यापी रुपमा यो दिवस मनाउने निर्णय गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।

कार्यक्रमको सुभारम्भ २४ गते गरिने बताइएको छ । २४ गते बृक्षारोपण, २५ गते रक्तदान कार्यक्रम, २६ गते खुल्ला साइकलिङ, २७ गते प्रभातफेरी कार्यक्रम, २८ गते पदयात्रा, २९ गते सरसफाई कार्यक्रम र ३० गते अन्र्तक्रिया कार्यक्रम गरी कार्यक्रमको समापन गरिने उपाध्यक्ष चौलागाईले बताए ।

मन्त्री ढकालको अध्यक्षतामा गठन गरिएको मुलसमारोह समितिमा प्रदेश युवा परिषद्का पदाधिकारी तथा सदस्यरु, जिल्ला युवा समितिका अध्यक्षहरु, बिभीन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा बोल्दै मन्त्री ढकालले आम युवाहरुको बिचमा प्रदेश सरकारले यो कार्यक्रम गर्न लागेको बताए ।
अबका दिनहरुमा युवाहरुकै मन्त्रालय पनि भएकाले यसलाई सबैले घच्घच्याउनुपर्ने बताए । युवाहरुकै लागि धेरै खालका कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । बैठकमा बिभीन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया