कोरोनाका कारण २ जनाको ज्यान गयो, सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ सय जनाभन्दा धेरै

पालिका डायरी
८ श्रावण २०७९
विश्वका ११० देशमा कोरोना सङ्क्रमण दर फेरि बढ्दै

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । लामो समयदेखि कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने क्रम रोकिएकोमा अब ज्यान गुमाउने क्रम बढ्न थालेको छ ।

यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय जना नाघेको छ । २४ घण्टामा तीन सय ४७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिने सङ्क्रमितको सङ्ख्या धेरै र निको हुनेको सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

२४ घण्टामा पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय ८८ जनाको नमुना परीक्षण गर्दा तीन सय ४७ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा ९५ जना निको भएका छन् ।

थप ७८ हजार दुई सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया