करारको कर्मचारी हटाएपछि एमाले बागमती गाउँपालिकाको ध्यानाकर्षण

पालिका डायरी
८ श्रावण २०७९
करारको कर्मचारी हटाएपछि एमाले बागमती गाउँपालिकाको ध्यानाकर्षण

हेटौँडा /  राजनीतिक आस्थाको आधारमा पूर्वि मकवानपुरको बागमती गाउँपालिकाले करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई हटापछि नेकपा एमाले बागमती गाउँपालिकाले आज ध्यानाकर्षणपत्र बुझाएको छ । गाउँपालिकाले विभेदपूर्वक कर्मचारीलाई हटाएको भन्दै एमालेले ध्यानाकर्षपत्र प्रस्तुत गरेको हो ।

राजनीतिक सत्ता र शक्तिको आडमा गलत क्रियाकलाप हुँदा एमाले चुप लागेर नबस्ने भन्दै करार हटाईएका कर्मसचारीको पुर्नबाहालीको एमालेले माग गरेको हो । स्थानस्य गाउँपालिकाले आन्तरिक श्रोतमा ध्यान नदिँदा चोरी निकासी बढेको तर्फपनि एमालेले गाउँपालिकाको ध्यानाकर्षण गरेको छ ।

एमाले बागमतीका ध्यक्ष चन्द्र बहादुर राई को नेतृत्व मा गएको टोलिले उपाध्यक्ष फणीन्द्र कुमार तिमल्सिना मार्फत पत्र बुझाएको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिबालय सदस्य एवं बागमती इन्चार्ज खेमराज जर्गा मगर, जिल्ला सदस्य एवं सह इन्चार्ज मदन दुरुङ्च्यान सचिब मनोज नेगि, युव सघ अध्यक्ष प्रकाश सन्जेल लगाएतका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया