चितवनकाे इच्छाकामनामा बस र माइक्रो ठाेक्किँदा एक जनाकाे ज्यान गयाे
![चितवनकाे इच्छाकामनामा बस र माइक्रो ठाेक्किँदा एक जनाकाे ज्यान गयाे](https://www.palikadiary.com/wp-content/uploads/2022/07/HG_Muglin-295137422__n_NJZrZG21BK.jpg)
हेटौंडा / पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा गाडी ठोक्किँदा एक जनाको ज्यान गएकाे छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजाे बेलुका काठमाण्डौबाट बझाङका लागि छुटेकाे ना ६ ख १३४० नम्बरकाे बस र भैरहवाबाट काठमाण्डाैका लागि छुटेकाे लु २ ख ३५०२ नम्बरकाे माइक्रो ठाेक्किँदा एक जना पुरुषको ज्यान गएकाे हाे । उनकाे नयाँ मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे हाे । ज्यान गुमाउने पुरुषकाे परिचय खुलेकाे छैन ।
दुर्घटनामा दुवै गाडीका गरी १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।
घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
![](https://www.palikadiary.com/wp-content/uploads/2025/01/jado-suchana-kailash_page-0001-scaled-copy.jpg)
प्रतिक्रिया