समितिले लियो जनार्दन शर्मासँग तीन घण्टा बयान, भन्छन्- मेरो कुरा राखें

पालिका डायरी
५ श्रावण २०७९, १२:०५
अब देशमा 'लकडाउन' हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं / बजेट निर्माणमा क्रममा अनधिकृत व्यक्तिको प्रवेश र सीसीटीभी फुटेट डिलिड भएको विषयमा संसदीय समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ। बिहीबार बिहान साढे आठ बजेबाट सुरु भएको बयान साढे ११ बजे सकिएको हो।

बयानपछि बाहिरिने क्रममा पूर्वअर्थमन्त्री शर्माले आफूले समितिमा आफ्ना कुराहरु राखेको बताए। ‘उहाँहरुले सोध्नु भएको प्रश्नहरुबारे प्रष्ट पार्ने प्रयास गरेको छु। मैले मेरो कुरा राखें’ उनले भने।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको र सीसीटीभी फुटेझ मेटाएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। शर्माले असार २२ मा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश लगायका विषयमाछानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो। उक्त समितिले अर्थमन्त्रालयका अधिकारीहरुसहित पूर्वमन्त्री शर्मासँग बयान लिएको हो।

 

प्रतिक्रिया