भीमफेदी ८ को ईपा खोलामा बन्यो, १ सय ९० मिटरको झोलुङ्गे पुल

पालिका डायरी
५ श्रावण २०७९, ११:३९
भीमफेदी ८ को ईपा खोलामा बन्यो, १ सय ९० मिटरको झोलुङ्गे पुल

राम कुमार दानी

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ ईपापन्चकन्याको ईपा खोलामा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ ।

भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको पहलमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । निर्माण भएको झोलुङ्गे पुलले साबिक ईपापन्चकन्या ४ र ५ को करिब २ सय ५० घर परिवार लाभान्वित भएको भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले बताए । लामाका अनुसार खहरे खोला अनि बर्खे भेल बाट ज्यान जोखिममा राखेर खोला तर्नु पर्नी बाध्यता बाट अब धार्के महभिरका जनताले सदाको लागि छुटकारा पाएको बताए । लामाले आफू भीमफेदी गाउँपालिकाको अध्यक्ष निर्वाचित भए देखिनै जनताको हरेक समस्यालाई सुस्म अध्यन गरेर तेस्को समाधान गर्न लागिपरेको बताए ।

७६ लाखको लागतमा १ सय ९० मिटरको झुलुङ्गे पुल करिब एक वर्षमा सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ । झोलुङ्गे पुल निर्माण भएपछि धार्के ,महबिर , ठूलो सल्ले सानो सल्ले लगाएतको स्थानियलाई आवतजावत गर्न सहज भएको स्थानिय तिलक थिङ्ग बताउछ्न थिङ्गले कुनै दिन आफुलाई यही खोलाले बगाउँदा पौडेर बाच्न सफल भएको स्मरण गराउदै यो पुल बनाउन पहल गर्नुहुने गाउँपालिका अध्यक्ष हिदम लामालाई धन्यवाद दिने सब्दनै नभएको बताए थिङ्गका अनुसार पालिकाका अध्यक्ष लामा धार्के महभिरका जनताको लागि भगवान सावित भएको बताए ।

झरी पर्दा ईपाबाट घर आउँदा ईपा खोला नतरेसम्म बाच्ने आस आउदैन थ्यो भन्दै स्थानिय दिलबहादुर घलान बताउछ्न । उनले अब माध्यामिक शिक्षा पढ्नको लागि अब यता बाट ईपाको पन्चकन्या माध्यमिक बिद्यालय जान सहज भएको बताए उनले अब हाम्रो बालबालिकालाई सजिलै ईपा सम्म पढ्न जान सक्ने भन्दै पुल बनेकोमा खुसि ब्यक्त गरे ।

यस्तै भीमफेदीकै अर्को वडा नम्बर ५ को राप्ती खोलाको सिर दमार र सोलाभन्ज्याङ जोड्ने १ सय १५ मिटरको झोलुङ्गे पुल ५२ लाखको लागतम निर्माण भैसकेको गाउँपालिकाको अध्यक्ष लामाले जनकारी दिए ।

प्रतिक्रिया