चन्द्रागिरिमा एक पुरूष मृत फेला

काठमाडौंमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्।
चन्द्रागिरि नगरपालिका-२ बसुन्डोलस्थित एक उद्योगभित्र पुरूष मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगमा काम गर्ने सोलुखुम्बु चौरीखर्क घर भई काठमाडौं महानगरपालिका-१५ भगवान पाउ बस्ने ४५ वर्षीय बिजित शेर्पा मृत फेला परेका हुन्।
उनी मंगलबार दिउँसो मृत फेला परेका हुन्। मापसे गरेका कारण उनको मृत्यु भएको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया