फिल्म स्क्यान्डलले होइन, कन्टेन्टले चल्छ : प्रदीप

पालिका डायरी
४ श्रावण २०७९
भ्रष्टाचारविरुद्धको फिल्म ‘प्रकाश’ : ६ सहरमा स्ट्याण्डअप कमेडी यात्रा गरिने

अभिनेता प्रदीप खड्काले फिल्म स्क्यान्डलले भन्दा पनि कन्टेन्टले चल्ने बताएका छन् । स्क्यान्डलले फिल्म रिलिजको दिन दर्शक हलमा ल्याउनेबाहेक अन्य केही नगर्ने उनको भनाइ छ । ‘स्कयान्डल लगायत चर्चाले रिलिजको दिन केही फाइदा गर्ला, तर चल्नलाई फिल्म नै राम्रो हुनुपर्छ’ प्रदीपले भने, ‘स्क्यान्डलले फिल्म चल्छ भन्ने म मान्दिनँ ।’ स्क्यान्डलको नाममा रोएर भन्दा हाँसेर फिल्म चलाउनुपर्ने धारणा प्रदीलेको रहेको छ ।

मंगलवार फिल्म ‘प्रकाश’ को एक कार्यक्रममा अभिनेता प्रदीप कलाकारले दर्शकका अगाडि दुःख पोखेपछि साथ र सहयोग गर्ने नेपालीहरुको स्वभाव नै रहेको बताउँदै सान्त्वना बटुल्न रुनु गलत भएको बताए । ‘हामी नेपाली इमोसनली बढी छौं । हामी सबैलाई माया गर्छौं । त्यो इमोसनको दुरुपयोग गर्नुुहुँदैन,’ उनले थपे ।

फिल्म ‘प्रेमगीत’ बाट स्टार भएका प्रदीपको प्रकाश फिल्म रिलिजको संघारमा छ । दिनेश राउतको निर्देशन रहेको ‘प्रकाश’ प्रदीपले विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको भुमिका निर्वाह गरेका छन् ।
१० भाद्रमा रिलिज हुने फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।
‘प्रकाश’ पछि उनको फिल्म ‘प्रेम गीत ३’ रिलिज हुनेछ ।

प्रतिक्रिया
Pradeep-Khadka-Prakash