प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल

पालिका डायरी
३ श्रावण २०७९, १४:१५
प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल

काठमाण्डाै / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका पूर्व सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भइरहेको छ ।

सिंहदरबारमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई जना नेताबीच दिउँसाे १ बजदेखि छलफल भइरहेको हो । छलफल एमालेबाहेकको वाम गठबन्धन बनाउने विषयमा केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टीबाट निष्कासनमा परेर नयाँ पार्टी गठन गर्ने तयारीमा रहनुभएका भट्टराईले माओवादी केन्द्रमै आफू प्रवेश नगर्ने बरु कांग्रेस र एमालेविनाको समाजवादी केन्द्र बनाउन प्रस्ताव गर्नुभएको थियो । यस्तै माओवादी र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि वैकल्पिक वाम गठबन्धन गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रचण्ड र बाबुरामबीच छलफल भएपछि आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी हुने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया