विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

पालिका डायरी
३ श्रावण २०७९
विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे १२ हजार एक सय ३८ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता ४ सय ५० रूपैयाँ ताेकिएकाे छ । संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रिय कार्यालय, गैँडाकाेट नगरपालिका वडा नं. ५, नवलपरासीमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रतिक्रिया