६ महिना देखी बाटो बन्द ठेकदारको लापरवाही स्थानीयको आरोप

पालिका डायरी
३१ असार २०७९

राम कुमार दानी

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ इपा पन्चकन्यामा बस सन्चालन नभएको करि करिब ६ महिना भयो इपाको देउराली देखि इपा गाउँ सम्मको भागमा बाटो निर्माण गर्ने कम्पनिले बाटो भत्काएर यतिकै भताभुङ्ग पारेर छाडेपछि बाटो बन्द भएको स्थानिय बताउछ्न ।
बाटो भत्काय पछि कि समयमा बनाएको भए राम्रो हुन्थ्यो कि सफा गर्देको भए जेनतेन गाडी चल्थ्यो तर अहिले इपा वासिले साचिकै २०५०÷५५ सालमा जस्तै दुख पाहिरहेको छौ भन्दै दुखेसो पोखे । उनले अलि पहिले बैशाख तिर सानो गाडी तथा मोटरसाइकल भने मुस्किलले गाउँ पग्थ्यो अहिले त्यो पनि पुर्ण रुपमा बन्द छ भन्दैे बिलौना गारे । राजधानी काठमाडांै र बागमती प्रदेशको राजधानी हेटौंडा बाट करिब ४५र ५० किलोमिटरको दुरिमा रहेको यो इपा पन्चकन्या सधै बत्तिमुनिको अँध्यारो भएको छ अर्का स्थानियले गुनासो गरे । उनले ठटेउली पारामा अविरल वर्षा र बाढी पहिरोको कारण बाटो बन्द भएको समाचार त हामिले सुनेको हो तर बिना पानी र बिना बाढी पहिरो बाटो बन्द भएको समाचार भने हाम्रो ठाउँको सुन्न पाईयो भन्दै मुस्कुराए । अन्य ठाउँमा भारी बर्षा र बाढी पहिरोको कारण यातायात चल्दैन भने यस भीमफेदी ८ इपामा ठेकेदार लगाएत सम्बन्धित निकाएको लापरबाहीको कारणले बाटो नचलेको हो भन्दै गुनासो पोखे ।


स्थानीयहरुको अनुसार भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा एक बिकास प्रेमी नेता हो उनमा बिकास गर्र्नी जोस जागर प्रसस्त छ उहा यहि माटोमा जन्मेको मान्छे पनि हो र बजेट पनि प्रसस्त आको छ हाल्नु भएको छ यसै इपाको मान्छे ठुला ठुला नेता भए तर  माखो मारेनन हाम्रो पालिकाको अध्यक्ष लामाले छोटो समयमा इपाको लागि ठूलो काम गरेको छन् भन्दै खुसी ब्यक्त गरे । स्थानीयहरुले अध्यक्षले यसरी बजेट हाले तर बजेट मात्र हालेर पुग्दो रहेनछ तेस्को नियमित अनुगमन पनि हुनु पर्छ यो बाटो बन्द हुनु यसरी ठेगदारले अलपत्र गरेर छाड्नुमा जिम्मेवार निकायको नियमित अनुगमन र निगरानीको कमि भएर हो । सम्बन्धित निकाएले समय समयमा अनुगमन गरेको भए यो बाटोको हालत यस्तो हुने थिएन स्थानीयहरु भनिरहेका छन अलिकती हाम्रो गाउँपालिकाको अध्यक्षले यो बाटोको लागि पैसा हाले तर निर्माण कम्पनीले के गरेको छ भनेर वास्ता नगरेको स्थानीयहरुले दुखेसो पोखेका छन् ।

स्थानीय भन्छन बजेट पनि प्रसस्त छ तर बस चल्दैन । भौगोलिक रूपले विकट तर प्रदेश राजधानी हेटौँडा देखि नजिक छ तर बाटोको भद्रगोल छ । भीमफेदी गाउपालिकाले उक्त बाटो बनाउन दुइवटा कम्पनिलाई ठेक्का स्वीकृत गरेको पाहिएको छ । काठमाडौं आजिबन जे बि र अङ्किता निर्माण सेवाले यो बाटो निर्माण गर्ने ठेक्का पाएको छ । अङिकिता निर्माण सेवाको प्रतिनिधिलाई फोन गरेर काम कस्तो हुदैछ अहिले किन बन्द्द गरेको अब कहिले देखि काम सुरु हुन्छ भन्दा कम्पनिलाई थाहा छैन गाउँपालिकालाई सोध्नु भनेर जबाफ दिएको छ यता काठमाडौं आजिवन जे बि का सन्चालकले भने चुनाब अनि अबिरल बर्षाको कारण काम बन्द भएको हो अब श्रावण १० गते तिर बाट काम सुरु गरेर कार्तिक सम्ममा गाउँपालिकालाई हस्तान्तरण गर्ने जानकारी गराएको छ यता गाउँपालिकाको इन्जिनियर बिनोद लामाले श्रावण ३ गतेबाटनै साइडमा काम हुन्छ भनेका छ्न । यसरी हेर्दा निर्माण कम्पनी र इन्जिनियरको कुरो पनि बाझिएको पाइन्छ यो हेर्दा निर्माण कम्पनी र गाउँपालिकासङ्गको समन्वयमा स्थानियको भनाई ठ्याक्कै मिल्छ अङ्किता निर्माण सेवाले त झन आफ्नो जिम्मेवारी सबै गाउँपालिकालाई सोध्नु भनिसकेको छ यसरी निर्माण कम्पनी स्थानीय सरकार बिचनै एक अर्कामा बिश्वास नभएको जस्तो पाइन्छ काम गर्न जिम्मा लिनि निर्माण कम्पनिले समयमा काम गर्न किन नसकेको भन्दा गाउँपालिकालाई सोध्नु भने पछि यस्को जिम्मेवारि कस्ले लिनि हो बुज्न सकियन हरेक बाहाना बनाएर काम ढिला गर्र्नी अनि उस्कै कुरो माथीराख्नी माथी अब स्थानीय एक जुट भएर यस्को सत्य तथ्य बाहिर ल्याउनु पर्र्नी देखिन्छ ।

भीमफेदी ८ इपाकै अर्का एक समाजसेवी बिनोद अधिकारिले यो बाटोलाइ यसरी भाताभुङ्ग बनाएर ठेकदार साइड भन्दा बाहिर गएर बस्नु अनि स्थानिए सरकारले यस्को वास्ता नगर्नुको कारण के हो आफु जानाकार नभएको बताउछन् । उनले निर्माण कम्पनिले सिमित मान्छेको साथ लिएर सिङ्गो गाउँलाई अफ्ठ्यारो बनाएको आरोप लाएका छ्न । अहिले इपामा कोहि बिरामी पर्दा डोकोमा बोकेर पनि लान नसकिने अबस्था छ अधिकारी बताउछन । निर्माण कम्पनी इमान्दारी पुर्बक काम गर्न यहाँ आए जस्तो सुकै सहयोग गर्ने पनि बताउछ्न तर निर्माण कम्पनिले यो बाटोमा टाल्ने पन्छाउने खालको काम गरिरहेको आरोप लगाएका छन् ।

भीमफेदी गाउँपालिकाको योजना अधिकृत बद्री साप्कोटाले पनि सबै भन्दा कम्जोरी निर्माण कम्पनिको भएको बताएका छ्न उनले गाउँपालिकाले भनेबमोजिमको काम कम्पनिले नगरेर हामी हैरान भैसकेको बताए । साप्कोटाले अङ्किता निर्माण सेवाको काम भन्दा पनि काठमाडौं आजिवन जे बि ले थोरै काम गरेको बताएका छ्न । उनले अब छिटै श्रावणको पहिलो हप्तादेखी तिब्र गतिमा काम गर्न लागाउने पनि बताए साप्कोटाका अनुसार अलिकती भौगोलिक बनावट र निर्माण सामाग्रीको महङ्गिले गर्दा पनि निर्माणकार्य ढिला भयको बताए तर समग्रमा योजना अधिकृत साप्कोटाले पनि निर्माण कमपनिकै लापरवाहिको कारण बाटो बनाउन ढिला भएको बताए ।

यसैगरि भीमफेदी गाउँपालिकाको प्रमुख प्रशसकिय अधिकृत भिमलाल महर्जनले निर्माण कम्पनिलाई हामिले बार बार काम गर्न भनेका छौ तर अटेर गरेको र केही भौगोलिक कारण ठुला ठुला ढुङ्गा आएर काम गर्न ढिला भएको र अब म आजै कम्पनिलाई फोन गरेर छिटो भन्दा छिटो काम सुरु गर्न लगाउने आश्वासन दिएका छन् । यसरी मोटर बाटो  बनाउने निर्माण कम्पनिले हेल्च्याक्राइ गर्दा अहिले इपाका करिव ३०० परिवार मारमा परेको देखिन्छ । यस्तो महत्त्वपूर्ण योजनको काममा सरकार पक्षेबाट पनि तिब्र अनुगमनको खाचो देखियको छ । तर सबै पक्षले आ–आफ्नो जिम्मेवारी जति गर्नु पर्र्नी हो तेति नगरेको पाइन्छ ।

प्रतिक्रिया