भीमफेदिमा झुन्डिएर महिलाको मृत्यु

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा न. ८ इपा पन्चकन्यामा एक जना महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन ।
स्थानिय २८ वर्षिय सुजिता गुइदेल (परियार) ले गए राती दुई बजे तिर आफ्नै घरको कोठा भित्र झुन्डियर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेलुका घरमा सामान्य झगडा भएको बताएका छ्न । उक्त शव पोस्टमाटमको लागि हेटौंडा ल्याइएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।
प्रतिक्रिया