बिहीबार बढ्यो सुनचाँदीको मूल्य

पालिका डायरी
३० असार २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

साप्ताहिक कारोबारको पाँचौ दिन (बिहीबार) भने नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। पछिल्लो समय लगातारजसो घटिरहेको सुनको मूल्य बिहीबार भने तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ३०० रुपैयाँले बढेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो। बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० पुगेको छ। बुधबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ थियो।

प्रतिक्रिया