हेटौंडा १५ मा सर्बदलिय बैठक सबैको सहमतिमा बजेट पारित

पालिका डायरी
२८ असार २०७९, ०८:५८

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ले  सर्बदलिय बैठक राखेर वडामा आएको बजेट बाँडफाँड गरेको छ । हेटौंडा उपमहानगरपालिकाले वडा कार्यालयलाई तोकेर सिलिङ पठाएको बजेटलाई सर्बदलिय बैठकबाट छलफल गरेर सर्बदलिय सहमतिमा छुट्याइएको हो ।

हेटौंडा उपमहानगरपालिकाले वडालाई सिलीङमा पठाएको २ करोड १० लाख बजेट सर्बदलिय बैठकबाट छुट्याउने काम गरिएको वडा अध्यक्ष सुनिल मोक्तानले बताए । सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट पुगोस र बजेटमा सबैको प्रतिनिधित्व होस भनेर आपसी छलफलबाट बजेट छुट्याइएको मोक्तानले भने ।

मोक्तानले यहाँको बजेटमा सबै भन्दा धेरै पुर्वाधारका कामलाई जोड दिइएको छ । हेटौंडा–१५ मा सबै टोललाई समेटेर बजेट तयार गरिएको छ । बजेटमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, स्वास्थ्य बिमा लगायतका कामलाई जोड दिइएको जानकारी दिए ।

प्रतिक्रिया