आज उकालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पालिका डायरी
२६ असार २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

गत शुक्रबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको पनि बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया