आज आइतबार शेयर कारोबार नहुने, यस साता ५ दिन मात्रै शेयर कारोबार हुने

पालिका डायरी
२६ असार २०७९, ११:२८
रोकिएन सेयर बजारको 'ओरालो यात्रा', २ अर्ब ६७ करोडमा खुम्चियो कारोबार रकम

सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सार्वजनिक बिदाका कारण आज शेयर कारोबार पनि बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । आज बन्द भएसँगै यस साता ५ सोमबारदेखि शुक्रबारसम्म पाँच दिन मात्रै शेयर कारोबार गर्न सकिनेछ । यसअघि शुक्रबार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको थियो ।

२१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर कारोबार हुँदा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

१३ ओटै उपसमूहको परिसूचक घटेको बजारमा शुक्रबार वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको थियो ।

प्रतिक्रिया