अनेरास्ववियु भीमफेदी द्वारा गाउँपालिकालाई ११ वुँदे ध्यानाकर्षण: अध्यक्ष लामा सकरात्मक

पालिका डायरी
२२ असार २०७९, १७:०२

भीमफेदी / अनेरास्ववियु भीमफेदी कमिटिले बिद्यार्थीको समस्याहरुको वारेमा गाउँपालिकालाई ११ वुँदे ध्यानाकर्षण गरेका छन |

ध्यानाकर्षण पत्र बुझाउदै जिल्ला कमिटी उपाध्यक्ष अमृत बर्तौलाले सामुदायिक बिधालयहरुको शैक्षिक सुधार, बिधालय बसको व्यवस्थापन, बिधालय दिवाखाजा कक्षा ८ सम्म दिनु पर्ने लगायतका बिषयमा गाउँ पालिकाको ध्यान नगएको र तुरुन्त यस तर्फ ध्यान दिन आग्रह गर्नु भएको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य आशिष अस्लामीको नेतृत्वमा आज जिल्ला उपाध्यक्ष बर्तौला, जिल्ला सदस्यहरु, गाउपालिका कमिटी अध्यक्ष इशा पाख्रीन लगायतका अखिल नेता कार्यकर्ताहरुले ध्यानाकर्षण पत्र बुझाएको हो । गाउपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष संजीव श्रेष्ठ, कार्यकारी प्रमुख भीम महर्जन र योजना प्रमुख बद्री सापकोटाले पत्र बुझ्नु भएको हो ।

ध्यानाकर्षणको ११ वटा बुँदामा गाउँपालीका एकदमै पोजेटिभ छौं र कतिपय वुँदाको कार्यविधि बनिसकेको र तपाईंहरुको माग प्रती हामी प्रतिवद्ध छौं, गाउँपालीका अध्यक्ष हिदम लामाले वताए ।
हेर्नुहोस् ध्यानाकर्षण पत्र :

प्रतिक्रिया