अर्थमन्त्रीले आज संसदमा जवाफ दिने, एमालेले नसुन्ने !

पालिका डायरी
२२ असार २०७९, १२:१७
चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएकाे छ : अर्थ मन्त्री शर्मा

काठमाडौं । अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज जवाफ दिँदैछन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कारको तयारी गरेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले आफूहरूसँग केही छलफल नगरेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेर पेलेर जाने नियत देखियो । बिचौलीया प्रयोग गरेर बजेटमा चलखेल गर्ने अर्थमन्त्रीलाई रोष्ट्रममा जान दिँदैनौं । हामी उहाँका कुरा सुन्दैनौं । बैठक चल्न सक्दैन ।’

यसअघि संसद बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग गरेका थिए ।

 

प्रतिक्रिया