दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

पालिका डायरी
२२ असार २०७९, ११:५१
दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

दाइजो थोरै ल्याएको भन्दै पत्नी हत्या गरेर भागेका युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले ४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ घर भएका ३३ वर्षीय अच्छन अलि अन्सारी छन् ।

२०७५ असार ३१ मा दाइजो थोरै ल्याएको विषयमा निहुँ खोजेर अन्सारीले पत्नी रुवी अन्सारीलाई लाठी र भालाले कुटेका थिए । कुटपिटबाट गम्भिर घाइते रुवीको साउन २१ मा भारतको लखनउमा मृत्यु भएको सीआईबीले जनाएको छ । असार २१ मा पक्राउ परेका अन्सारीलाई २०७७ चैतमा अदालतले २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

उनलाई बाँकेको जमुनाहबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ ।

 

प्रतिक्रिया