बाजुराको बुढीगंगामा बिहीबार मतदान

पालिका डायरी
२२ असार २०७९, ११:४६

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका दिन विवादका कारण मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार मतदान हुने भएको छ । सो नगरपालिकाका १० मतदान स्थलमा मतदानका लागि सुरक्षा प्रबन्ध कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मतदान प्रक्रियालाई मर्यादित स्वच्छ भयरहित बनाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतहरुको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताएका छन् ।
गत बैशाख ३० गते एमाले र नेपाली काँग्रेसका प्रतिनिधिहरुले चुनावमा धाँधली भएको भन्दै मतदान कार्यमा अवरोध सिर्जना गरेका थिए ।

प्रतिक्रिया